• २०८३ असार १४
  • 2026 June 28, Sunday

सत्तारुढ दलकै सांसदको सरकारलाई प्रश्न : लाज हुन्छ कि हुदैन् ? सरकार चलाउँदै छौ कि तस्करी गर्दैछौ ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझिले सय केजी सुन प्रकरणमा प्रहरी र सरकारी अधिकारीको समेत मिलेमतो रहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभा बैठकमा सांसद रायमाझिले भन्सार कर्मचारी र प्रहरीको मिलेमतो नभई यस्तो ठुलो परिणाममा सुन भित्र्याउने कुरा सम्भव नै नभएको बताए ।

प्रहरी र कर्मचारीले सुन ल्याउने बेला के हेरिहेका थिए भन्दै उनले आम नागरिकले सामान्य घडि लगाउँदा कराउने डिटेक्टर किन कराएन भने ।

‘ललिता निवासको काण्डमा एउटा टिप्पणी उठाएको अधिकृतलाई वीस वर्षपछि टिप्पणी उठाउ भनेर आदेश गर्दा छानविन गर्न सक्ने नेपाल प्रहरी आज १०० किलो सुन निकाल्दा नेपालको प्रहरी कहाँ गएको थियो ? भन्सारको कर्मचारीको मिलेमतो विना हुन्छ ? प्रहरीको मिलेमतो विना हुन्छ यो चिज ? सम्भव छैन् ।’

लाज हुन्छ कि हुदैन् ? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौं भन्दै उनले सरकार संचालन गर्नेहरुलाई समेत प्रश्न सोधे ।