सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साउन २ गते मंगलबार टाउन हल सभाको १० औं संस्करण सम्पन्न गरेको छ ।

कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिकमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

टाउन हल सभा सबै कर्मचारीहरूको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकतावद्ध हुने अवसर हो ।

कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरूको बारेमा अद्यावधिक हुने, छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नको लागि व्यवस्थापन टिमसँग पङ्क्तिबद्ध भएर साथसाथ अगाडि बढ्न यस्ता सभाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्दछन् ।

तर सीइओसँग त्रैमासिक रुपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगति तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सवै तहमा प्रभाकारी संचार हुने तथा कर्मचारीहरूलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो ।

कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्वपूण हुने कम्पनीले जनाएको छ ।