• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सीए पढ्न चाहने विद्यार्थीको रोजाइमा अर्थबोधी एकेडेमी, उत्कृष्ट विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

विद्यार्थीलाई निःशुल्क सेयर बजार तालिम प्रदान

अर्थबोधी एकेडेमी अहिले CA पढ्न चाहने विद्यार्थीको रोजाईको केन्द्र बनेको छ । सुरुमा ६ जना विद्यार्थीबाट सञ्चालन गरिएको एकेडेमीमा अहिले विद्यार्थीको चाप छ ।

नेपालमा पहिलो पटक २०२२ मा निःशुल्क CA सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको कारण विद्यार्थीको आकर्षक गन्तब्य बनेको सञ्चालक दीपक कँडेल बताउँछन् ।

अनुभवी तथा दक्ष Chartered Accountants शिक्षकहरुद्धारा कक्षा सञ्चालन हुने अर्थबोधी एकेडेमी राम्रो पूर्वाधार र शैक्षिक वातावरणका कारण छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल छ ।

मध्य बानेश्वरकाे नव सिर्जना टोलमा रहेकाे उक्त एकेडेमीले अन्य शैक्षिक संस्थाभन्दा कम शुल्क र सर्वोत्कृष्ट विद्यार्थीलाई सत प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दे आएको छ ।

काठमाडौं बाहिरबाट आउने विद्यार्थीहरुका लागि उत्कृष्ट होस्टल सुविधा, स्वच्छ खाना, खाजा र सुरक्षाका साथसाथै होस्टल बस्नेलाई विषयअनुसारका कक्षाहरु सञ्चालन गरेको सञ्चालक कँडेलले बताउँछन् । CA विद्यार्थीलाई निःशुल्क सेयर बजार तालिम, विद्यार्थीको आवश्यकता अनुसार presentation र extra कक्षाहरु सञ्चालन भइरहेका छन् ।

weekly mock tests, personal care and attention, study materials र जागरुक व्यवस्थापन, विद्यार्थीको जिज्ञासालाई सम्मान गर्ने र स्वयंम सुधार गर्ने व्यवस्थापनको समूह अर्थबोधी एकेडेमी तैनाथ छ । जसले विद्यार्थीको शैक्षिक गतिविधिमा ह्रास आउन दिँदैन । विषय विज्ञ शिक्षकको सक्रियतामा शिक्षा प्रदान गरी विद्यार्थीको भविष्य उज्जवल बनाउन हरप्रयत्न लागिरहेको कँडेलको भनाइ छ ।

अर्थबोधी एकेडेमीसंग जोडिन अथवा जनाकारी पाउन अर्थबोधीको बेवसाइट arthabodhi.com.np, फेसबुक पेज Arthabodhi Academy र जिमेल [email protected] मा बुझ्न सक्नुहुन्छ । यस्तै, ९८६१६७८१९५ मा सम्पर्क गरेर पनि अर्थबोधी एकेडेमीको सम्पूर्ण जनाकारी लिन सक्नुहुन्छ ।