फेरि बढेर आयो पेट्रोलियम पदार्थकाे मूल्य, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठाएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ ।

यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्यास प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको छ ।

प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६६५ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

निगमका अनुसार अब निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने देखिएको छ ।

मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।

हेर्नुहाेस् बढेकाे मूल्यकाे सूची :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१