• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बिदुरराज गिरीको गीत ‘व्यथा’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गीतकार बिदुरराज गिरीले ‘व्यथा’बोलको गीत बजारमा ल्याएका छन् ।

गत शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।

गीतमा सिरूपाते जुँगाका गायक बाबुल गिरीले स्वर दिएका छन् । संगीत र मिक्सिङ पनि उनैले गरेका हुन् ।

सुजाता गिरीले उत्पादन गरेको म्युजिक भिडिओमा विनोद श्रेष्ठ, स्वानिका बास्तोला मुख्य भूमिकामा देखिएका छन् । बालकलाकारको भूमिकामा बृजेश राज गिरी छन् ।

भिडिओमा काठमाडौंमा संघर्षरत् कलाकारहरूको व्यथालाई देखाउने प्रयास गरिएको छ । साथै पारिवारिक प्रेम र अभावलाई पनि भिडिओमा देखाइएको छ ।