बस्दै नबसी स्थगित भयाे प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमालेले अडान नछाडेपछि भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।

एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

सदन खुलाउन सभामुखले कार्यव्यवस्था समितिको बैठकपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा राना मगर पनि सहभागी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१