काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ ।
सोमबार आरआर स्टुडियो युट्युब च्यानलमार्फत ‘सल्के साइला’ बोलको गीत सार्वजनिक गरिएको हो । म्युजिक भिडिओमा राजाराम पौडेल र अनु शाहलाई देख्न सकिन्छ । भिडिओमा उनीहरूले श्रीमान-श्रीमतीको भूमिका निवार्ह गरेका छन् भने उनीहरूको छोरा-छोरीको भूमिकामा आरोही शर्मा र गौरव शर्मा छन् ।
रामहरि खड्काको शब्द रहेको गीतमा धिर बिक्रम सिंहले संगीत भरेका छन् । गीतको भिडिओलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशनसँगै कोरियोग्राफी उनैले गरेका हुन् ।
चक्रबहादुर बरालले छायांकन गरेको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका छन् । गीतलाई लक्ष्मण गुरुङले निर्माण गरेका हुन् ।