
काठमाडौं । ग्लोबल टी २० क्यानडाको फाइनलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको टिम भिड्ने भएको छ ।
दोस्रो प्लेअफमा दीपेन्द्र आबद्ध मोन्ट्रियल टाइगर्सले भान्कुभर नाइट्सलाई १ विकेटले हराउँदै फाइनलमा सन्दीप आबद्ध सर्रे जगुअर्ससँग भेट पक्का गरेको हो । सन्दिप आबद्ध टिम सर्रे जगुअर्स यस अघिनै फाइनलमा पुगेको थियो । वेन्कोभर नाइट्सलाई हराउँदै सर्रे फाइनलमा पुगेको हो ।
सर्रेको ७ खेलमा १० अंक र मोन्ट्रियलको ९ अंक छ । मोन्ट्रियल र जगुअर्सबीचको फाइनल खेल भोलि बिहान हुनेछ ।