
देशको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ ।
युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउ घण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको बीबीसीले बताएकाे छ ।
एउटा क्षेत्रीय अस्पतालमाथि रुसी सैनिकहरूले धावा बोलेको र लडाइँ अहिले जारी रहेको युक्रेनी सेनाले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ ।
युक्रेनमा पछिल्ला दिनहरूमा भएका अधिकांश हिंसाको केन्द्रमा खार्किभ पनि छ । खार्किभमा अधिकांश रुसी भाषा बाेल्ने मानिसहरु बसाेबास गर्छन् ।
मंगलबार त्यहाँकाे सरकारी भवनमा मिसाइल आक्रमण भएको थियो, जसमा कार र नजिकका भवनमा क्षति पुगेको थियो ।
मंगलबार नै दोस्रो आक्रमण एउटा आवासीय भवनमा भएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले
उक्त आक्रमणलाई युद्ध अपराध भनेका छन् ।
मंगलबार खार्किभमा भएको आक्रमणमा एक भारतीय विद्यार्थीसहित १७ जनाको मृत्यु भएको पनि बीबीसीले जनाएकाे छ ।