युक्रेनको खारकिभ शहरमा रकेट हमला, आगोको लप्कामा भवन

युक्रेनको खारकिभ शहरमा प्रहरी विभागको एउटा भवनमा रकेट हमला भएको छ ।

युक्रेनको सरकारको टेलिग्राम च्यानलमा एउटा भिडियो पोस्ट गरिएके छ जसमा एक भवनलाई आगोको लप्कामा देख्न सकिन्छ ।

युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेरासचेन्कोले हमलापछि कराजडिन नेशनल युनिभर्सिटीको भवनमा पनि आगो लगाइएको बताएका छन् । यसकाे पुष्टि भने हुन सकेकाे छैन ।

खार्किभका मेयरका अनुसार रुसी आक्रमणमा खार्किभ शहरमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

यद्यपि, खार्किभ क्षेत्रीय राज्य प्रशासनका गभर्नरले खार्किभमा रुसले भारी बमबारी गरेकाे भए पनि सबै आक्रमण असफल पारिएकाे र रुसी सेनालाई पछि हटाइएकाे दाबी गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१