अल्मोडाको स्वर, टीकाको संगीतमा रहेको ‘चारकुने रुमाल’ सार्वजनिक ( भिडियो )

काठमाडौं । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जितिसकेका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको ‘चारकुने रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा उनलाई रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा साथ दिएकी छिन् ।

प्रेमिल शैलीको गीतमा प्रदीप पोख्रेलको शब्द छ भने टीका दाहालको संगीत रहेको छ । गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेती फिचर्ड छन् । बल्लव उप्रेतीकोको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘लिजेन्स इन्टरनेशनल एजुकेशन’को सहयोग रहेको यस गीतको भिडियोलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक गरीएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१