समुद्रमा डुब्यो ४ हजार बिलासी कार बोकेको जहाज

​पोर्चुगलको अजोर्ज टापुुसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानी जहाज डुबेको छ ।

लगभग २ साता अगाडि उक्त जहाजमा आगो लागेको थियो ।

उक्त जहाजले पोर्श र बेन्टलीसहित झन्डै ४ हजार बिलासी कार बोकेको थियो । उक्त जहाज जर्मनीको बन्दरगाहबाट अमेरिकातर्फ हिँडेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालक दलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो ।

यद्यपि जहाजबाट तेल चुहिएको कुनै समाचार आएको छैन । यद्यपि इन्धन ट्याङ्कमा भने क्षति पुगेको फाइअल टापुबन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले बताएका छन् ।

पानीमा डुबेको जहाज आन्ध्र महासागरमा झन्डै ३५०० मिटर मुनी पिँधमा पुगेको बताइएको छ । यसबाट कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीहरुको उद्धार गरिएको पोर्चुगलको जलसेनाले जनाएको छ ।

कार निर्माता कम्पनी फक्सवागनका अनुसार उसले पठाएको कारको बिमा गरिएको थियो । रोयटर्सका अनुसार यसको कुल मूल्य १५.६ करोड डलरको हाराहारीमा रहेको छ । डुबेको जहाजमा आफ्नो १८९ कार रहेको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका ११०० कार थिए ।

-बीबीसीबाट

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१