
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलिय प्रदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
बुधवार काठमाडौंको टेकु स्थित नेपाल आयल निगमको कार्यालय अगाडि उक्त विरोध प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा पार्टीको केन्द्रीय आयोजक कमिटी सचिवालय सदस्य हरिकृष्ण गजुरेलले सरकार र आयल निगमले मूल्य वृद्धि गरेर समग्र आम जनतालाई मारमा पारेको भन्दै जसरी हुन्छ मूल्य वृद्धि फिर्ता गर्न माग गरे ।
उनले यदि सरकार र आयल निगम जवाफदेही हुँदैन् भने आफुहरु जस्तो सुकै संघर्षका कार्यक्रम अगाडि बढाउँन पछि नहट्ने चेतावनी दिए ।
उनले भने ‘ सरकार र आयल निगमले मूल्य वृद्धि गरेर जनताको गाँससँग यातायातसँग जोडिएको यस्तो विषयको मूल्य वृद्धि हुँदा स्वतःसबैमा वृद्धि हुन्छ । समग्र रुपले आम जनतालाई असर पर्छ त्यसैले फिर्ता गर्नुपर्छ यो जनतालाई सह्य छैन । यदि सरकार र निगम जवाफदेही हुँदैन् भने । जस्तो सुकै संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने छौं ।’
प्रदर्शनमा सहभागीहरुले नेपाली जनतालाई ढाड सेक्नेगरी गरेको सो मूल्य वृद्धि नेपाली जनताले स्वीकार्य नहुने भन्दै सरकारले लुटेने काम मात्र गरीरहेको भन्दै आक्रोस् पाेखे ।
स्वचालित मुल्य प्रणाली अन्र्तगत नेपाल आयल निगमको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ तथा पेट्रोलमा ५ रुपैैयाँका दरले मूल्य वृद्धि गरेको थियो ।