थपिए १ सय २७ काेराेना संक्रमित, कति छन् नेपालमा सक्रिय काेराेना संक्रमित ?

काठमाडाैं । नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सयय २३ जना र २ हजार २ सय २ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ३ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ४ सय ८८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ७ सय ७० संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१