किभका मेयरले भने, ‘प्रतिरोधको तयारी गर्ने समय आयो’

युक्रेनको राजधानी किभका मेयरले नगरका बासिन्दाहरूलाई रुसी फौज नजिक आइरहेको भन्दै मानिसहरूलाई घरभित्रै रहन र सहरको रक्षाका निम्ति तयारी गर्न आह्वान गरेका छन् ।

‘दुस्मनले आफ्नो फौजलाई झन् झन् नजिक भेला गराइरहेको छ’ मेयर भिताली क्लित्स्कोले भने । सहरको बाहिरी भेगमा सङ्घर्ष सुरु भएको उनले बताए ।

‘हामी तयारी गरिरहेका छौँ र हामी किभको रक्षा गर्नेछौँ ! आफ्नो साहस कम हुन नदिन म किएभका बासिन्दाहरूलाई आग्रह गर्छु ।’

हालसम्म किभले रुसी अतिक्रमण प्रयासको प्रतिरोध गरिरहेको छ । रुसी बख्तरबन्द गाडीहरूको करिब ६५ किलोमिटर लामो लस्कर उत्तरतिरबाट किभतर्फ अघि बढिरहेका छन् ।

पश्चिमबाट हुनसक्ने अतिक्रमणको प्रयासलाई बल पुर्‍याउन उक्त लस्कर त्यहाँ जम्मा भइरहेकाे सैन्य विश्लेषकहरूले दाबी गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१