सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

काठमाडौं । सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

उनले २०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा सुरु गरेका थिए। हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१