आर्थिक रुपान्तरण भए मात्रै राजनीति परिवर्तनको औचित्य पुष्टि हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तीव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने तर्क गरेका छन् ।

आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उनले देशलाई स्वाधीन, समृद्ध बनाए मात्र राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुने बताएका हुन् ।

उनले भने, ‘राजनीति परिवर्तनको औचित्य पुष्टि गर्न राजनीतिक परिवर्तनको रक्षालाई सुदृढ गर्न हामीले समामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तीव्र पार्न पर्छ । र नेपाललाई स्वाधिन सुन्दर देश र समृद्ध देश बनाउनु पर्छ तब हामीले यो राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुन्छ ।’

उनले सरकाको मिसन नै सुशासन समृदी र सामाजिक न्याय भएको दाबी गरे ।

भ्रष्टाचार र अपराधको प्रभावकारी नियन्त्रण र आपराधिक क्रियाकलापमा संलग्नमाथि कारबाहीको प्रक्रिया थालेर देशमा शुसासन कायम गर्ने काममा सरकार लागेको उनको भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१