युक्रेनमा बंगलादेशको एक पानीजहाजमा बिस्फोट भएको छ ।
ब्ल्याक सीमामा अवस्थित ओल्भिया बन्दरगाहमा रहेको कार्गो पानी जहाजमा बिहीबार बिस्फोट हुँदा एक जना इन्जिनियरको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ ।
जहाजमा मिसाइल हानिएको थियो कि बम भन्ने खुलेको छैन । चालक दलका अन्य २८ जना सदस्य भने सुरक्षित रहेको बताइएको छ ।
बंगलादेशी जहाजमा कसले हानेको बम/मिसाइल खसेको हो भन्ने खुलेको छैन । रूसले युक्रेनमाथि आक्रमण गरेपछि उक्त पानीजहाज बन्दरगाहमै राखिएको थियो ।