• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नारायणकाजी श्रेष्ठकाे आग्रह : सञ्चारमाध्यममा आएका सामग्री अतिरञ्जित ढङ्गले नबुझ्नू हाेला

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रकाे मतभेद र अन्तरबिराेधका विषयमा सञ्चारमाध्यममा आएका समग्री अतिरञ्जित ढंगले नबुझ्न सबैसमक्ष अनुराेध गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीच छलफल जारी रहेकाे जानकारीसहित उक्त आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरबिराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु । अध्यक्ष क.प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ ।

यो समूहका नेताहरुको छलफलमा पार्टी फुटाउने कि माओवादीमै बसेर संघर्ष गर्ने भन्ने बहससमेत भएकाे थियाे । यही विषयमा श्रेष्ठकाे उक्त अभिव्यक्ति आएकाे हाे ।