आगलागीपछि रुसी सेनाले कब्जा गर्‍याे युक्रेनकाे परमाणु ऊर्जा केन्द्र

रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन् ।

‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ ।

उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन् ।

रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो ।

युक्रेनको आपत्कालीन सेवाले एक घण्टाजतिमा आगो निभाइएको जानकारी सामाजिक सञ्जालमा दिएको छ ।

ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको भए पनि तत्काल आगो ननिभाइएकाे भए आगलागी फैलिन सक्ने डर बढेको थियो । सुरुमा रुसी सेनाले युक्रनीहरुलाई त्यहाँ जान राेक लगाएका थिए ।

युरोपकाे सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले ‘तत्काल कदम चाल्न’ विश्वलाई आग्रह गरेका थिए ।

रुसले एक सातादेखि युक्रेनमाथि निरन्तर प्रहार गरिरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१