पल शाह प्रकरणमा बाबुराम भट्टराई भन्छन् : पीडककाे पक्ष लिनु लज्जास्पद

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गरेका छन् । उनले कानुनभन्दा माथि कोही नरहने पनि बताएका छन् ।

उनले पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा उल्टै ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको पनि बताएका छन् ।

उनले भनेका छन् ‘नाबालिक किशोरीको यौनशोषणसम्बन्धी अति सम्बेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो । लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर सुरूमै न्याय प्रभावित नहोस् ।’

पल शाहमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दामा तनहुँमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनका समर्थकहरु ‘पल बचाऔँ’ भन्दै डकमा नाराबाजी समेत सुरु गरेका छन् ।

यही विषयमा अहिले पक्ष विपक्षमा प्रदर्शन भइरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१