
बागलुङ । प्रदेश सांसद डिल्लीराम सुवेदीले भौतिक विकाससँगै मानवीय विकासको आवश्यकता रहेको बताएका छन् । उनले करलिम आधारभुत विद्यालय, काठेखोला ५ बिहुँकोट करलिम, बागलुङको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै बसाँइसराइ, गरिबी न्युनिकरण गर्नु आजको आवश्यकता रहेको बताए ।
सुवेदीले भने् ‘सिपयुक्त व्यवहारिक शिक्षा अत्यावश्यक छ । शिक्षालाई उत्पादन र बजारसँग जोड्न जरुरी छ । बसाँइसराइ जस्ता समस्याहरु रोक्न शिक्षा र स्वास्थ्यमा मेहनत गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।’
कार्यक्रममा सांसद सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा विशिष्ट आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद कंडेलको अध्यक्षता रहेको कार्यक्रमको आ.वको प्रतिवेदन प्रध्यानध्यापक लिलाधर कंडेलले प्रस्तुत गरेका थिए ।
शिक्षक ठाकुर कंडेलको स्वागत मन्त्यवबाट सुरु भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई अक्षयकोसबाट पुरस्कार वितरण गरिएको छ ।