
युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाई तीन पटकसम्म मार्ने प्रयास गरिएकाे छ ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको दाबी गरिएकाे समाचार द टाइम्सले प्रकाशित गरेकाे छ ।
तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो । रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए । उनीहरु पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन् । जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए । जेलेन्स्कीले आफ्नो देशप्रति देखाएको वफादारितालाई लिएर अहिले उनको सबैतिर प्रशंशा गरिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक हप्ता भइसकेको छ । यसमा कैयाैँ युक्रेनी नागरिकको मृत्यु भइसकेको छ भने दश लाख बढी युक्रेनका नागरिक युद्धबाट बच्न छिमेकी देशमा शरण लिन पुगेका छन् ।
रुसले युक्रेनका विभिन्न शहर आफ्नो नियन्त्रणका लिएको छ ।
रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय ले शुक्रबार जनाएको छ ।
शुक्रबार नै रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएका थिए । उक्त केन्द्र कब्जामा लिनुअघि उनीहरुले केन्द्रमा आगाेसमेत लगाएका थिए ।
यसअघिका दिनमा रुसले युक्रेनका केही ठाउँहरु कब्जा गरिसकेकाे दाबीसमेत गरेकाे छ ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।
मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको एक हप्ता पछि क्रेमलिनले शुक्रबार रूसीहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा एकजुट हुन आह्वान गरेको छ ।