• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

बझाङ भूकम्पबाट भएकाे क्षतिप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्‍याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको शाहका तर्फबाट संवाद सचिवालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’