• २०८३ असार १५
  • 2026 June 29, Monday

शिक्षामा व्यापारिकरण नै देशको दुर्दशाको कारण हो :अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले, अहिले देशमा शिक्षामा व्यापार भइरहेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै, उनले देशको दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीको खराबी र शिक्षामा व्यापार भएको बताए ।

उनले भने,‘हामी सबैलाई महसुस भएको छ आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो । तर मुख्य खराबी के भने शिक्षामा व्यापार भयो । शिक्षा स्वास्थ्य रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन । त्यो देशको कति विकास भएको छ ?’

उनले आज शिक्षामा निजीकरण ,व्यापारीकरण गरेकालाई नै मन्त्री सम्म बनाउने गरेको भन्दै आपत्ति जनाए । यदि देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाई छ ।