अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १२० जनाको मृत्यु

काबुल । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १२० जनाको ज्यान गएको छ ।

६.३ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरात बाट ४० किलोमिटर टाढा गएको थियो ।

भूकम्पमा परी १ हजार घाइते भएका छन भने कम्तिमा १२० जनाको मृत्यु भएको आँकलन गरिएको छ ।

धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् । त्यहाँ तीनवटा शक्तिशाली आफ्टर शक्सहरू महसुस गरिएको थियो ।

अफिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए ।

सो भुकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१