• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

अष्ट्रेलियाले गुमायो ७ विकेट, म्याक्सवल र ग्रीन भए आउट

काठमाडौं । भारतमा जारी एकदिवशीय विश्वकप क्रिकेटको पाँँचौ खेलमा भारतले अष्ट्रेलियाको ७ विकेट लिएको छ । ३६ ओभरमा भारतले अष्ट्रेलियाका म्याक्सवल र ग्रीनको विकेट लिएसँगै ७ विकेट लिएको हो ।

म्याक्सवलको विकेट कुलदीप यादवले लिए । म्याक्सवल २५ बलमा १५ रन बनाएर आउट भए । आश्विनले ग्रीनलाई आउट बनाए । २० बलमा ७ रन बनाएर आउट भए ।

भारतका अलराउण्डर रविन्द्र जडेजाले १ ओभरमा २ विकेट लिएका छन् । उनले आफ्नो छैठौ ओभर गर्दा भने ३ विकेट लिए । स्मिथ, मार्नुस र क्यारीको विकेट लिएका हुन् ।

उनले क्यारीलाई एल.बी.डब्ल्यू र मार्नुसलाई क्याच आउट बनाए । यससँगै भारतले ३० ओभरमा ५ विकेट लिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका कप्तान स्मिथ ७१ बलमा ५ चौका प्रहार गर्दै ४६ रन बनाएर आउट भए ।

ओपनरको रुपमा आएका मिचल म्याक्स शून्य रनमै आउट भए । वार्नरले ५२ बल खेलेर ४१ रन बनाएर आउट भए । भारतका रविन्द्र जडेजा ३ र कुलदीप यादव २, जसप्रीत बुमब्राह र आश्विनले १,१ विकेट लिएका छन् ।