कैलाली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज कैलाश पर्वतको दर्शन गर्न जाँदै छन् । उनी नेपाली भूमि दार्चुलामा समेत भ्रमण गर्ने कार्यतालिका छ ।
मोदी नेपालको भूमि चुच्चे नक्सामा समेटिएको स्थानहरु गुञ्जी गाउँका सात स्थानमा भ्रमण गर्ने भनिएपनि दार्चुला प्रशासनलाई कुनै जनाकारी छैन् ।

गुञ्जी गाउँ
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले भारतले मोदी आउने बारे जनाकारी नभएको बताएका छन् ।
‘आधिकारिक कुनै जानकारी छैन तर आउँदै हुनुहुन्छ भन्ने सुनेका छौँ’, उनले भनिन् ।
बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँमा मोदीले भ्रमण गर्ने मात्र नभई त्यहाँका ३० जना स्थानीयवासीसँग भेटघाट र छलफल गर्ने कार्य तालिका रहेको छ ।