
इजरायल र हमासबीचको द्धन्द्ध उत्कर्षमा छ । आज छैटौँ दिनमा पुग्दा इजरायल थप शसक्त ढङ्गले सेना तैनाथ गरेको छ ।
बीबीसीका अनुसार यतिबेला गाजालाई पूर्ण रूपमा घेराबन्दी गरेर इजरायलले सिमानामा ३ लाख सेना तैनाथ गरेको छ । ती सेनालाई गाजाक्षेत्रभित्रै पठाइने सम्भावना छ । यसो हुँदा अब हवाई आक्रमण बन्द हुनेछ र मैदानमा हमासका लडाकुसँग युद्ध चल्नेछ । मैदानमा हुने युद्ध जिते अपहरणमा परेका मानिसहरू सकुशल उद्धार गर्न सकिने इजरायलको सोच छ ।
यस युद्धमा हालसम्म २४ सय मानिसले ज्यान गुमाएका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि १२ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल सरकारका अनुसार हमासले शनिबारको आक्रमणपछि १५० जनालाई अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएको छ ।
हमासले इजरायलको हवाई आक्रमण जारी रहे अपरहण गरिएका सबैको ज्यान लिने धम्की दिएको छ । यस्तोमा इजरायल सरकारले हवाई आक्रमण कम गरेर जमिनमा युद्ध गर्ने रणनीति लिएको छ ।