
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन् ।
सोमबार नरेन्द्र मोदीले राष्ट्रपति जेलेन्स्कीसँग जारी द्वन्द्वबारे कुराकानी गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएको उल्लेख गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै दुई जनाबीच कुराकानी गरेको उल्लेख गरेका हुन् ।
बाग्चीले जारी द्वन्द्वबारे राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई रूस र युक्रेनबीच भएको मुठभेड को विस्तृत जानकारी दिएका हुन् । यस्तै युक्रेन र रूसबीच भइरहेको वार्ताबारे पनि कुराकानी गरेका थिए ।
मोदीले युद्धस्रग सम्बन्धित् उत्पन्न भएका मानवीय संकटबारे र त्यसको समाधानका विषयमा पनि चासो राखेका थिए । भारतले सधैं दुबै देशलाई समानान्तर रुपबाट लिएको र भारत सधैँ दुईपक्षीय वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट समेत पारेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री मोदीले २० हजार भारतीय नागरिकहरूलाई युक्रेनबाट निस्किनमा सहजीकरण गरिदिएको भन्दै युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिएका थिए । युक्रेनमा रहेका विद्यार्थीहरूको सुरक्षा र उनीहरूको उद्धार गर्नेबारे पनि चासो व्यक्त गरेको संचारमाध्यमले जनाएका छन् ।