• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

इजरायललाई हमासकाे चेतावनी : आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ

काठमाडाैं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलमाथि आक्रमण गर्न सक्षम रहेकाे र थप हमला हुने बताएकाे छ ।

हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरबारविहीन भएका छन् । गत शनिबार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौं मानिस घरबार विहीन भएका छन् ।

इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबीच, हमासको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।

हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, ‘हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायलमाथीको हमलालाई दोहोर्‍याउँछौं’

‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ अब शत्रुहरूले हाम्रो आक्रमणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।