
काठमाडाैं । युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएका छन् । साेमबार परराष्ट्र मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले उक्त जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री खड्काले भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।
उद्धार गरिएकाहरु मध्ये पोल्याण्डमा ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए । भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको उनले जानकारी दिए ।
सरकारले इ–पासपोर्ट लागू जानकारीसहित, ७७ जिल्ला र १८ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी वितरण कार्यको सुरुवात भएको मन्त्री खड्काले जानकारी दिए ।