थप ८८ जनामा काेराेना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परिक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४८ जना निको भएका छन् ।

त्यस्तै, थप ३ सय ७६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ४ सय ६९ जना निको भएका छन् ।

हाल नेपालमा ६ हजार १ सय ५० सक्रिय संक्रमित आइशोलेशन र १०८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१