टी–ट्वान्टी विश्वकप क्वालीफायरको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभिमा, यस्तो छ खेल तालिका

काठमाडौं । आइसिसि टी–ट्वान्टी विश्वकप एसिया क्वालीफायरको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । कान्तिपुर टि.भि र कान्तिपुर सिनेफेल्सबाट एसिया क्षेत्रको विश्वकप छनौट प्रतियोगिता हेर्न सकिने कान्तिपुर मिडिया प्रा.लि ले जनाएको छ ।

कार्तिक १३ गतेबाट उक्त प्रतियोगिता सुरु हुने छ । पहिलो खेल नेपाल र सिंगापुर तथा यूएई र बहराइनबीच कार्तिक १३ गते बिहान ७ बजे हुने छ । १२ खेल ४ दिनसम्म अर्थात कार्तिक १६ गतेसम्म चल्ने छ ।

आयोजक राष्ट्र नेपालसँगै सिंगापुर, यूएई, बहराइन, ओमान, मलेसिया, हङकङ्ग खेलमा सहभागि हुँदै छन् । खेल त्रिभुवन विश्वविद्यालयको अन्र्तराष्ट्रिय क्रिकेट मैदान र मुलपानी अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।

यस्तो छ खेल तालिका

Football World Cup Semi Final Versus Scoreboard Template

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१