
काठमाडाैं । नेपालीहरुकाे महान् चाड दशैँकाे मुखमा एनआईसी एसिया बैंककाे सिस्टम डाउन भएकाे छ । सिस्टम डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
सिस्टम डाउन हुँदा बचतकर्ताले आफ्नाे रकम पनि राख्न र झिक्न पाइरहेका छैनन् । माेबाइल बैंकिङसमेत नचलेका कारण सेवाग्राही थप मर्कामा परेका छन् । चाडपर्वकाे बेलामा किनमेल गर्न समेत नपाएकाे गुनासाे सेवाग्राहीले गरेका छन् ।
पछिल्लाे समय बैंकलगायत वित्तीय संस्थाहरुकाे सिस्टम डाउन हुँदा बचतकर्ताहरुलाई आफ्नाे बचत रकम डुब्ने डर पनि हुन्छ । ह्याकरहरुले बैंककाे सर्भर नै डाउन गरेर चलखेल गर्न सक्ने जाेखिम पनि हुने गरेकाे विज्ञहरु बताउँछन् ।
पटकपटक सिष्टम डाउन हुने एनआईसी एसिया बैंक यसपटक गम्भीर समस्यामा परेको बुझिन्छ। सर्वसाधारणको पैसाले मनग्य आम्दानी गरेको एनआईसी एसिया बैंकले प्रविधिमार्फत हुने जोखिम न्यूनीकरणतर्फ ध्यान नदिँदा ग्राहकले दु:ख गरेर जम्मा गरेको रकम समेत ह्याकरको हातमा पुग्ने सम्भावनासमेत देखिन्छ ।
एनआईसी एसिया बैंक शाखाहरुले आफ्नाे रकम बचत गर्न गएका सेवाग्राहीलाई आज दिनभर सिस्टम नचल्ने जानकारीसहित फर्काइरहेका छन् ।