एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए ।

त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् ।

समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।