सरकारले भन्याे- काेराेना संक्रमणपछि चीनसँगकाे आयात निर्यातमा गम्भीर असर परेकाे छ

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना संकट सुरु भएसँगै चीनसँगको आयात निर्यातमा गम्भीर असर परेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री खड्काले चीनसँगको उत्तरी नाकाबाट आयात धेरै भइरहे पनि निर्यात ठप्प रहेको बताएका हुन् ।

उनले भने, ‘चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग एक घण्टा लामो छलफलमा पनि यो कुरा माग गरेका थियौँ । साथसाथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधिमण्डलसँग पनि हामीले यो कुरा उठाएका छौँ ।’

चीनको नाकाबन्दीका कारण नेपालको व्यापार व्यवसाय पनि प्रभावित बनेकाे छ । यही कारण लामाे समयदेखि हजारौं मजदुर, ढुवानी ब्यवसायी लगायत समेत तनावमा छन् । चीनले दुई देशमा रहेका आफन्त भेटघाटमासमेत अवरोध गरेको सीमा क्षेत्रका नेपालीहरुले गुनासो गर्ने गरेका छन् ।

उनले गोरखासहितका हिमाली जिल्लामा चीनको बाटो हुँदै खाद्यान्न लैजानुपर्ने बाध्यता रहेको पनि बताए । खड्काले कोरोना संकटपछि नेपाल फर्किएका विद्यार्थीहरुलाई फेरि चीन पठाउने पहल भइरहेको पनि जानकारी गराए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१