सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई ५ लाख सहयोग

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा फाउन्डेसनलाई सो रकम सहयोग गरेको हो ।

कम्पनीले बिहीबार वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काद्वारा फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

सो सहयोगले समतालाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

फाउन्डेसनले ७७ वटै जिल्लामा करिब ४० हजार विद्यार्र्थी सहित (मात्र रु १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक इतिहास बोकेको फाउन्डेसनले हालसम्म १२ हजार बालबालिकालाई शिक्षा दिइसकेको छ । यस्तै, १ हजार ७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जनाइएको छ ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१