
काठमाडौं । बडादसैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ ।
फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।
उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।
उक्त कार्यक्रममा विभिन्न खालका प्रस्तुति भएका छन् । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको छ । सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरेको छ ।