• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घटेको हो ।