रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

काठमाडाैं । रुस र युक्रेनकम विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ ।

टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।

सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका हुन् ।

रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारीसहित त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएकाे बताइएको छ ।

उता युक्रेनी विदेशमन्त्री मेभलुतले पनि सो फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१