कांग्रेसकाे एक महिने चुनाव लक्षित कार्यक्रममा के छ ?

काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ । कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गर्न लागेकाे हाे ।

कांग्रेसले एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ । अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

कांग्रेसले एमसीसीका बारेमा मात्रै नभएर अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने बताएकाे छ ।

यस्तै, कांग्रेसले आफ्नो नेतृत्वमा विगतमा हासिल गरेका राजनीतिक र आर्थिक उपलब्धीहरु पनि जनतासामु विस्तृत राख्ने पनि जनाएकाे छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित अभियानका लागि कांग्रेसले गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाउने पनि बताएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१