युक्रेनमा युद्धको अग्रमोर्चामा खटिएका सैनिक जोडीले यसरी गरे बिहे

काठमाडाैं । युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् ।

विवाह बन्धनमा बाँधिएका लेस्या र भलेरी दुवै नागरिक रक्षा स्वयंसेवक हुन् जो युक्रेनी सेनासँगै लडिरहेका छन् ।

युक्रेनमा रुसले हमला गरिरहेकाे छ । कीभलगायत प्रमुख शहरहरूले रुसी सेनाको बम आक्रमणको सामना गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले यस युद्धबाट करिब २० लाख मानिस विस्थापित भएको र धेरै नागरिक अझै फसेको जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१