सुनकाे मूल्यमा नयाँ कीर्तिमान

काठमाडाैं । नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेपछि नेपालमा सुनकाे उच्च मूल्यको रेकर्ड भएकाे हो ।

यसअघि २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । मंगलबार १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य आज १ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ ।

रुस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको हाे । डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढीरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१