
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् ।
भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै हिजोदेखि ‘ब्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईँले दुखित चेलीबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।
‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौँ,’ प्रसाईँले भने, ‘अब हामीलाई काेही पुलिसले राेक्न सक्दैन ।’
उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने बताए ।
याे पनि पढ्नुहाेस् ।
प्रहरीले घेर्यो दुर्गा प्रसाईंको घर, बाहिर निस्किन नदिने रणनीति