सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१