इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु, १४ घाइते

काठमाडौं । इराकको पूर्वी दियाला प्रान्तमा स्थानीय सांसदका आफन्तहरू सहित उद्धारकर्ता सवार गाडीमा बम आक्रमण भएको छ ।

आक्रमणमा परि १० जनाको मृत्यु, थप १४ जना घाइते भएकाे सुरक्षा स्रोतले जानकारी दिएको छ ।

अम्रानियाह सहर नजिकै भएको आक्रमणमा दुई वटा बम विस्फोट गरिएको थियो ।

बम बिस्फोट हुँदा साँसदका आफन्त सवार गाडी धस्त पार्नुका साथै अन्य भौतिक क्षति समेत भएको सुरक्षा निकायलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ ।
उनीहरूले आक्रमणको सम्भावित कारणबारे थप विवरण दिएको छैन ।

सुरक्षा बलहरूले उक्त क्षेत्रमा कर्फ्यू लगाइएको घोषणा गरेर घटनामा आवद्धहरुको खोजीकार्य जारी राखेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१