• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला साढे ३ हजार रुपैयाँ घटेको छ ।

बुधबार नयाँ मूल्य रेकर्ड बनाएको सुन बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १४५० रुपैयाँ मूल्य कायम भएकोमा बिहीबार १४०५ मा झरेको छ ।

महासंघका अनुसार रुस र युक्रेनकाे द्वन्द्वका कारण केही सातादेखि सुनको मूल्यमा असर परेको हो ।