कास्कीमा डेढ किलो गाँजासहित २ जना पक्राउ

  • हुलाक सञ्चार
  • कास्की । कास्कीमा अवैध लागूऔषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    महानगरपालिका–१४ नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने गोप्य सूचनाको आधार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त साइकल र पूर्ण तामाङको कोठाबाट उक्त मात्रामा गाँजा गरी दुवै जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।

    यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

     

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१