काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मल्यले यसदिन पनि निरन्तरता पाएको छ ।
आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ, सोमबार प्रतितोला पाँच सय रूपैयाँ र मंगलबार प्रतितोला सात सय रूपैयाँ गरी सुनको मूल्य तीन दिनमा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
सोमबार प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।